कास्की पोखरा समाज जापानद्वारा नेपाली महिला फुटवल टिमका कोच राजेन्द्र तामाङ र पुर्व अन्तराष्ट्रिय खेलाडी बसन्त गौचनलाई टोकियोमा सम्मान
जापानको सिजुओका केनमा आयोजित फन रूट्स टोरेरेस कप यु-१२ उमेर समुहमा नेपालको प्रतिनिधित्व गर्दै
बी.जी. फुटबल ऐकेडेमिकका १२ खेलाडी र २ व्यवस्थापक सहित बिदाई तथा सम्मान कार्यक्रम गरियो। साथै
नेपाली महिला फुटवल टिमका प्रमुख प्रशिक्षक तथा बी.जी. फुटबल ऐकेडेमिका समेत हेड कोच रहनुभएका
पुर्व राष्ट्रिय खेलाडी कास्केली युवा जसले पछिल्लो समय नेपाली महिला टोलीलाई नयाँ उचाईमा पुर्याउन
अहम भुमिका खेलेको मुल्याङ्कन गर्दै राजेन्द्र तामाङ ज्युलाई मायाको चिनो प्रदान गरियो। साथै फुटबलमै
आफुलाई समर्पित गर्नुभएका पुर्व अन्तराष्ट्रिय खेलाडी बसन्त गौचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
बिदाई तथा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष सरोज कार्की, संरक्षक शिब प्रसाद
पौडेल, सल्लाहकार श्री गुरुङ, पुर्व राष्ट्रिय फुटवल खेलाडी रमेश गुरुङ, सर्जक तथा गायक ईश्वर गुरुङ,
पुर्व अन्तराष्ट्रिय खेलाडी विसन गौचन, अमृत गुरुङ साथै नेपाल जापान फुटबल एशोसिएशनका अध्यक्ष रोशन
बजिमाया, उपाध्यक्ष ओम काउचा मगर, महासचिव मनोज श्रेष्ठ लगायतको उपस्थितिमा खेलाडी भाइहरू, प्रशिक्षक
तथा व्यवस्थापन टिमलाई बिदाई तथा सम्मान गरिएको थियो।
खेलाडी भाइहरू तथा प्रशिक्षकहरूको उज्जवल भविष्यको कामना गर्दछौं।
जिबन पोखरेल कञ्चन
महासचिव तथा कास्की पोखरा समाज जापान